कियाको इलेक्ट्रिक गाडीका लागि ठाउँठाउँमा चार्जिङ स्टेसन

आर्थिक आवाज
पोखरा, १८ मंसिर । इलेक्ट्रिक गाडी चार्ज गर्नको लागि किया गाडीको आधिकारिक शोरुम एसओभरसिज शिवचोक पोखरामा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । कियाको इलेक्ट्रिक गाडीलाई लक्षित गरी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

तीन किसिमबाट गाडी इलेक्ट्रिक चार्ज गर्न सकिन्छ । लेबल वानको चार्जरले ८ देखि १२ घण्टासम्म चार्ज गर्दा फुल चार्ज हुन्छ । लेबल वानको चार्जर गाडीमै उपलब्ध हुन्छ ।

लेबल टुको चार्जरले ३ देखि ४ घण्टामा ब्याट्री फुल गर्न सकिन्छ । एसी फास्ट चार्जरले चार्ज गर्दा ३० मिनेटमा चार्ज फुल हुने एसओभरसिजका अध्यक्ष विश्वबन्धु थापाले जानकारी दिए ।

jutta mela

एक पटकमा २ वटा गाडी चार्ज गर्न सकिन्छ । काठमाडौं पोखराको यात्रालाई सहज बनाउनका लागि कुरिनटारमा एसी फास्ट चार्जर राखिएको छ ।

लेबल टुको चार्जर पोखरासहित नारायणगढ, काठमाडौं, बुटवल, भैरहवा, बर्दिबास, जनकपुर, नेपालगञ्ज लगायतका मुख्य शहरहरुमा जडान गरिएकोछ । कियाले नेपाली बजारमा इलेक्ट्रिक गाडी भित्र्याएसँगै चार्जिङ स्टेसन विस्तार गरेको हो ।

इलेक्ट्रिक गाडीमा वार्षिक कर छुट हुन्छ । इलेक्ट्रिक गाडीलाई प्राथमिकतामा राखेर ८० प्रतिशतसम्म बैंकबाट फाइनान्स सुविधा उपलब्ध छ । कम्पनीले ७ वर्षसम्मका लागि व्याट्री रिप्लेसमेन्ट ग्यारेन्टी सुविधा नै उपलब्ध छ ।

विश्व बजारमा इलेक्ट्रिक गाडीप्रति लोकप्रियता बढ्दो छ । सन् २०२५ बाट भारतले डिजेलको गाडी उत्पादन बन्द गर्ने भएकाले पनि नेपालमा समेत इलेक्ट्रिक गाडीको माग दिनप्रतिदिन बढ्ने कम्पनीको दावी छ ।

प्रतिकिलोमिटर खर्च १ रुपैयाँ २० पैसामात्र लाग्ने कम्पनीले जनाएको छ । कियाको सोल इभी गाडी नेपाली बजारमा बिगत ४ वर्षदेखि बिक्री भइरहेको छ । इलेक्ट्रिक गाडीमा यो विश्वको उत्कृष्ट ५ ब्राण्डमा पर्दछ । एकपटक चार्ज फुल गरेपछि २ सय किलोमिटर यात्रा गर्न सकिन्छ । कम्पनीले छिट्टै २१ वटा चार्जिङ स्टेसन पु¥याउँदैछ ।

You might also like

Comments are closed.