नेपाली बजारमा लन्च भयो हुन्डाईको नयाँ जेनेरेसन क्रेटा, (मूल्य, बिशेषता र भिडियो सहित)

काठमाडौं ।  हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेसन क्रेटा सार्बजनिक गरेको छ । यो क्रेटाको सेकेन्ड जेनेरेसन मोडल हो । पेट्रोल इन्जिन र डिजेल इन्जिनमा गरी कुल ६ भेरिएन्ट रहेको छ ।

नयाँ क्रेटामा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिन रहेको छ । यसमा रहेको पेट्रोल र डिजेल इन्जिनले समान ११३.४ बीएच पावर प्रदान गर्ने छ । यसअघि बिक्री–वितरण हुँदै आइरहेको क्रेटाले यो सेग्मेन्टमा बजारको नेतृत्व गर्न सफल भइरहेको अवस्थामा नयाँ मोडल थपिंदा यसले क्रेटाको विरासतमा नयाँ उचाई थप गर्ने अनुमान लगाउन सकिन्छ ।

यस्ता छन् डिजाइन र फिचर्स
नयाँ हुन्डाई क्रेटा पुरानो मोडल भन्दा बोल्ड, मस्क्युलर र स्पोर्टी रहेको छ । यसको फ्रन्टमा नयाँ थ्रीडी क्यास्केड ग्रिल, नयाँ डिजाइनको ठूलो एलईडी हेडल्याम्प, नयाँ स्प्लिट एलईडी डीआरएल, बुल बार शेप सिल्भर क्लेडिङको साथमा नयाँ बम्पर र नयाँ फगल्याम्प हाउजिङ समावेश गरेको छ । सो फ्लोटिङ रुफ डिजाइन, १७ इन्च डायमन्ड कट अलोय ह्विल र हेडल्याम्पको डिजाइनसँग मिल्ने नयाँ एलईडी टेलल्याम्पको साथमा उपलब्ध छ ।

jutta mela

नयाँ क्रेटाको लम्बाई ४३०० एमएम, चौडाई १७९० एमएम, उचाई १६३५ एमएम रहेको छ । पुरानो मोडलको लम्बाई ४२७० एमएम, चौडाई १७८० एमएम र उचाई १६६५ एमएम रहेको छ ।

साइजको हिसाबले नयाँ क्रेटा ३० एमएम लामो, १० एमएम चौडा र ३० एमएम उच्च रहेको छ । नयाँ मोडल पुरानो मोडलको तुलनामा ठूलो भएकोले यसको क्याविन स्पेस पनि बढी रहेको छ ।

नयाँ क्रेटामा पेट्रोल र डिजेल इन्जिनको विकल्प रहेको छ । यसमा १४० पीएसको पावर भएको १.५ लिटर पेट्रोल र डिजेल इन्जिनको विकल्प रहेको छ । नयाँ क्रेटामा १.५ लिटर भएको इन्जिनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड रहेको छ । सो कारको १.५ लिटर पेट्रोलको साथमा सीभीटी, डिजेल इन्जिनको साथमा ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प रहेको छ । पुरानो क्रेटाको ३ इन्जिनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड थियो ।

You might also like

Comments are closed.