पेप्सीको नेपालमै ८ अर्ब नाफा, माउण्टेन डुयूबाटै नाफाको ९० प्रतिशत

 

काठमाडौं – नेपालमा सफ्ट ड्रिंक्स पेप्सी र माउन्टेन ड्यू बेच्ने वरूण वेभेरेजको सञ्चालन नाफा एक वर्षमै डेढ अर्ब रुपैयाँले बढेको छ । कम्पनीले सन २०२२ मा ८ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ६५ प्रतिशतले बढी हो । एक वर्षको अवधीमा नै कम्पनीको आम्दानी १ अर्ब ४८ करोड रुपैयाँले बढेको इक्रा नेपालको रिपोर्टमा उल्लेख छ ।

रेटिङ् कम्पनी इक्रा नेपालका अनुसार सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ६ अर्ब ५४ करोड रूपैयाँ रहेको थियो । वर्ष २०२२ मा कम्पनीको आम्दानी २२ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको हो । सन २०२० मा ५ अर्ब १४ करोड रुपैयाँ मात्रै रहेको कम्पनीको सञ्चालन आम्दानी पछिल्ला २ वर्षमा वार्षिक डेढ अर्ब रुपैयाँका दरले बढेको छ ।

यो सँगैं कम्पनीको रेटिङ समेत बढेको छ । यस अघि एवान रहेको कम्पनीको रेटिङ अब भने एवान प्लस कायम गरिएको छ ।

भारतीय कम्पनी ‘वरुण बेभरेज लिमिटेड’को सहायक कम्पनी ‘वरूण वेभेरेज’ले नेपालमा पेप्सीका र माउन्टेन ड्यूका अलवा स्लाइस, मिरिन्डा, सोडा लगायतका कार्बोनेटेड सफ्ट ड्रिंक्सहरू पनि उत्पादन गर्दै आएको छ ।

नेपालमा कार्बोनेटेड सफ्ट ड्रिंक्समा वरुण बेभेरेजको बजार हिस्सा ३९ प्रतिशत रहेको छ । यस्तै कम्पनीको ८५ देखि ९० प्रतिशत आम्दानी माउन्टेन ड्युबाट हुने गरेको छ । नेपाली बजारमा माउन्टेन ड्युको निकट प्रतिस्पर्धी पेय पदार्थ नभएकाले अन्य पेय पदार्थको तुलनामा यसको विक्री बढी हुने गरेको छ ।
कार्यक्रममा डाबरका मानव संसाधन प्रमुख अनिल पुरी र चाइल्ड हेल्थका एडमिन कन्सल्टेन्ट मन्दार शिखर बेनर्जीको समेत उपस्थिति थियो । चाइल्ड हेल्थ नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउन र स्वास्थ्य पूर्वाधार विस्तारमा सक्रिय रहँदै आएको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउन र गुणस्तरीय बालचिकित्सा सेवाका लागि चाइल्ड हेल्थलाई सहयोग गरेको डाबरले जानकारी दिएको छ ।

You might also like

Comments are closed.