पोखरामा ‘हुण्डाई एक्सचेञ्ज’ कार्यक्रम, गाडी पारखीलाई अपग्रेड हुने अवसर

पोखरा, १७ साउन ।

हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले बिहीबारबाट ‘हुण्डाई एक्सचेञ्ज’ कार्यक्रम सुरु गरेको छ । एक्सचेञ्ज कार्यक्रम आइतबारसम्म जारी रहने बताइएको छ । देशभरका सबै शोरूममा सञ्चालन हुने क्याम्प पोखरामा पनि जारी रहेको सेल्स एण्ड अपरेसन म्यानेजर भीमसिंह खत्रीले जानकारी दिए ।

जुनसुकै ब्राण्डका गाडीहरुको सट्टा हुण्डाईका सबै मोडलका गाडी एक्सचेञ्ज गर्न पाइनेछ । ‘ग्राहकका लागि यो निकै राम्रो अवसर हो,’ उनले भने, ‘अपग्रेड हुन चाहने ग्राहकले नयाँ गाडी खरिद गर्न सक्छन् ।’ पुरानो गाडीको उचित मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ ।

jutta mela

एक्सचेञ्जसँगै हुण्डाईले नगद छूट, स्पट फाइनान्स र भ्यालुएशन तथा एक्सचेञ्ज बोनसको सुविधा पनि उपलब्ध गराइने खत्रीले जानकारी दिए । ‘कार्यक्रममा एक्सचेञ्जका साथै टेष्टड्राइभ एण्ड विन लगायत कार्यक्रम पनि समावेश छ,’ उनले भने, ‘टेष्टड्राइभ गरेका मध्येबाट लक्कीड्रका आधारमा भाग्यशाली ग्राहकलाई स्मार्ट फोन प्रदान गरिने छ ।’

You might also like

Comments are closed.