मारुती सुजुकी बलेनो पाँच लाख युनिट बिक्री

एजेन्सी । मारुती सुजुकी बलेनो हालै भारतीय बजारमा ५ लाख युनिट बिक्री भएकोे छ । कम्पनीले सो आँकडा केवल ३८ महिनामा पार गरेको हो । इन्डो जापानी कार निर्माता कम्पनीको मारुती सुजुकी बलेनो सबैभन्दा पहिले भारतमा अक्टुबर २०१५ मा लन्च गरिएको थियो । अहिलेसम्म सो कार उत्कृष्ट कारको रुपमा स्थापित भएको छ । एटु प्लस सेगमेन्टमा बलेनोले करिब २७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

२०१८÷१९ को ६ महिनामा २०।६ प्रतिशत वृद्धिको साथै २०१६ मा बलेनो भारतको सबैभन्दा बढी बिक्री हुने कार मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको थियो । कम्पनी आफ्नो ग्राहकहरुको निरन्तर समर्थनको लागि आभारी भएको सीनियर एक्जिक्युटिभ डाइरेक्टर, मार्केटिङ एण्ड सेल्स, आर एस कल्सीले बताएका छन् ।

मारुती सुजुकी बलेनो कम्पनीको पहिलो कार हो जसमा एप्पल कारप्ले जस्ता फिचर्स समावेश गरिएको छ । यसको साथै एलईडी डेटाइम रनिङ ल्याम्प्स, एलईडी टेल ल्याम्प्स जस्ता फिचर्स पनि समावेश गरिएको छ । सो कारमा एन्टि थेफ्ट सिक्योरिटि सिस्टम, एबीएसको साथ ईवीडी, डुअल एयरब्याग्स र फ्रन्ट सिटवेल्ट प्री–टेन्सनर्स र फोर्स लिमिटर्सको साथमा आउँछ जुनकि उत्कृष्ट सुरक्षित फिचर्स हो ।

बलेनो १।२ लिटर भीभीटी पेट्रोल र १.३ लिटर डीडीआईएस डिजेल इन्जिनको साथमा उपलब्ध छ । पेट्रोल इन्जिनले ८३ वीएचपीको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ । अर्को इन्जिनले ७४ वीएचपीको पावर र १९० एनएमको टर्क जेनेरेट गर्छ ।

ट्रान्समिसनको रुपमा ५ स्पिड म्यानुअल गियरबक्स र पेट्रोलमा सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्प पनि उपलब्ध छ जसमा १।० लिटर बुस्टरजेट पेट्रोल इन्जिन जडान गरिएको छ । यसले १०० बीएचपीको पावर र १५० एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ ।

You might also like

Comments are closed.