मुआब्जा वितरण अन्तिम चरणमा, अहिलेसम्म एक अर्ब १८ करोड वितरण

सुनिता आचार्य
तनहुँ,१ जेठ

तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगाघाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावितका लागी मुआब्जा तथा क्षतिपुर्ति वितरण कार्र्य लगभग अन्तिम चरणमा पुगेको छ । आयोजना स्थलमा पर्ने १ हजार ४ सय रोपनी मध्ये करिब १ हजार ३ रोपनी क्षेत्रफलको मुआब्जा तथा क्षतिपुर्ति वितरण कार्य सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक अच्युतबाबु घिमिरेले जानकारी दिए ।

हालसम्म आयोजनाले १ अर्ब १८ करोड मुआब्जा वितरण गरीसकेको छ । आयोजना प्रभावित क्षेत्रमा ९५ प्रतिशत मुआब्जा वितरण गरिएको घिमिरेले बताए । र बाकीँ ५ प्रतिशतमा पनि वितरण कार्य जारी रहेको बताइएको छ । आयोजना प्रभावित क्षेत्रका मानिसहरु विदेश तथा अन्य क्षेत्रमा बसोबास गर्नेको मात्र मुआब्जा वितरण बाँकी छ उनले भने । आयोजना प्रभावित क्षेत्रका ५सय ४७ घरधुरीमध्ये ५सय १९ घरधुरीले मुआब्जा लिइसकेको उनले जानकारी दिए ।

jutta mela

आयोजनाले जग्गाको मात्रै नभई घर टहरा, गोठ तथा रुख विरुवाको समेत मुआब्जा तथा क्षतिपुर्ति वितरण गरेको छ । मुआब्जा वितरण गर्दा जग्गाको उपभोगको अवस्था, जग्गाको अवस्थिति,स्थानीय चलनको मुल्य,मालपोत कार्यालयले निर्धारण गरेको दस्तुरको आधारमा मुआब्जा वितरण गरेका छौँ घिमिरेले भने ।  आयोजनाले डुवान क्षेत्रका प्रतिरोपनी २ देखी ४ लाख सम्म मुआब्जा निर्धारण गरेको थियो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजन स्थलमा काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजना स्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडी कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको छ ।  आयोजनाले जुन ९अर्थात यही जेठ २६ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकेको छ ।

You might also like

Comments are closed.