लेखनाथको खानेपानीको महसुल भुक्तानी आइएमई पे मार्फत

पोखरा, १८ असार । पोखरा लेखनाथवासीले खानेपानीको महसुल बापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तानी गर्न पाउने भएका छन् । यो सेवा साउन १ गतेदेखि सुरु हुनेछ ।

पोखरा महानगरपालिका वडा नंं. ३० ढुंगेपाटनस्थित लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र ‘आइएमई पे’बीच बुधबार सहकार्यात्मक सहमति भएको हो । सहमतिसँगै लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले लाइन नबसी सहज तरिकाले ‘आइएमई पे’मार्फत पानीको महसुल भुक्तानी गर्न पाउनेछन् ।

सहमतिमा ‘आइएमई पे’का तर्फबाट गण्डकी प्रदेश प्रमुख संगीत अधिकारी, आइएमईका साविक गण्डकी–धौलागिरि प्रमुख किशोर शर्मा र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका तर्फबाट लेखा प्रशासन प्रमुख विश्वराम भण्डारीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका १२ हजार उपभोक्ता रहेका छन् ।

jutta mela

यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झटबाट मुक्ती मिल्नेछ । करिब २० हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फस्र्योट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमतिप्राप्त गरेको निकाय हो ।

You might also like

Comments are closed.