लेखनाथ महोत्सवलाई सामुदायिक वन उपभोक्ता समितिहरुको सहयोग

लेखनाथ महोत्सवलाई सामुदायिक वन उपभोक्ता समितिहरुको सहयोगलेखनाथ । १६औं सस्करणको लेखनाथ महोत्सवलाई कास्कीमा रहेका सामुदायिक वन उपभोक्ता समितिहरुले सहयोग गर्ने भएका छन् । महोत्सवमा आउने सबै खालका दर्शकहरुलाई मध्यनजर राख्दै वन पैदावरका वारेमा जानकारी दिने उद्देश्यले जडिवुटीका स्टलदेखि महोत्सव उद्घाटनका दिन आआफ्नो पहिचान झल्कने गरि साँस्कृतिक ¥याली निकाल्ने निर्णय गरिएको हो ।

वन जडिवुटि प्रवद्र्धन उपसमितिका संयोजक विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको बैठकमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले महोत्सवमा आउने दर्शकहरुलाई मनोरञ्जनदेखि किनमेलको स्थल एवं सिप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको बताएका थिए ।

कार्यक्रममा संघका विशिष्ट सदस्य लक्ष्मीप्रसाद त्रिपाठी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव गोपीचन्द्र बास्तोला लगायतका सहभागीहरुले महोत्सवलाई शभ्य र भब्य तरिकाले सम्पन्न गर्नका लागि सवैको साथ र सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।

jutta mela

यस वर्षको महोत्सवमा टिकट व्यवस्थापनको जिम्मा सनराइज बैंकले लिने भएको छ । बैंक र आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघबीच बिहीबार महोेत्सव अवधि भर टिकटको व्यवस्थापन सनराइज बैंकले गर्ने र बैंकले क्यू आर कोड मार्फत इ सेवाबाट टिकट लिने दर्शकहरुलाई टिकटमा ५० प्रतिशत छुटकोे व्यवस्था दिने सहमति भएको टिकट व्यवस्थापन उप समितिका संयोजक भरतराज ओझाले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.