लोक दोहोरी गायक न्यौपाने दम्पतीको वैवाहिक वर्षगाँठ वृद्धाश्रममा

सन्देश श्रेष्ठ
पोखरा, ३१ वैशाख

चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतीले आफ्नो पच्चीसौं वैवाहिक वर्षगाँठ वृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुसँग मनाएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका गायक पुरुषोत्तम न्यौपाने र उनकी श्रीमती भगवती न्यौपानेले पोखरा १८ बाच्छेबुडुवास्थित वात्स्यायन बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुसँग वैवाहिक वर्षगाँठ मनाएका हुन् ।

दोश्रो विवाहको झल्को दिनेगरि गरिएको कार्यक्रममा न्यौपाने दम्पतीले बृद्धाश्रममा रहेका बृद्धबृद्धा तथा त्यहाँका कर्मचारीलाई भोजन गराउँदै आफू र आफ्ना नातेदारलाईसमेत भोजन गराएका थिए । कार्यक्रममा लोकदोहोरी गायकहरु जीवन दाहाल, शंकर बिरही गुरुङलगायतले गीत गाएर मनोरञ्जनसमेत दिलाएका थिए ।

jutta mela

कार्यक्रममा लायन्स क्लव ३२५ बि–१ का इलेक्ट पास्ट डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, पोखरा महानगरपालिकाका योजना शाखा प्रमुख शारदामोहन काफ्ले, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलगायतले न्यौपाने दम्पतीलाई शुभकामना ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.