वार्षिकोत्सवमा होटल पोखरा ग्राण्डद्वारा रक्तदान कार्यक्रम, ५५ युनिट रगत संकलन

पोखरा, १४ साउन । होटल पोखरा ग्राण्डले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ११औं वार्षिकोत्सवको अवसरमा होटलको प्राङगण बिरौटामा सोमबार आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको मानव संशाधन विभाग प्रमुख भोला तिमिल्सिनाले जानकारी दिए । होटल पोखरा ग्राण्ड पोखराको एक मात्र पाँचतारे होटल हो ।

कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर) बहन गर्ने क्रममा रक्तदान कार्यक्रम गरिएको उनले बताए । सोही अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण पनि आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ब्लड बैंक पोखरा र स्वास्थ्य परीक्षणमा नमस्ते हस्पिटल पोखराको प्राविधिक सहयोग रहेको तिमिल्सिनाले जानकारी दिए ।

jutta mela

विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा होटलले शुक्रबार सरसफाई कार्यक्रम गरेको छ । होटल परिसर वसरपर सरसफाई गरिएको हो । आगामी बुधबार विविध कार्यक्रम सहित होटलले ११औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको तिमिल्सिनाले जानकारी दिए । १० वर्षभन्दा बढी समय होटलमा सेवा गरेका कर्मचारीहरुलाई बुधबार विशेष कार्यक्रमबीच सम्मान गरिनेछ ।

You might also like

Comments are closed.