स्याङ्जा जिल्ला अस्पतालमा रहेको आईसोलेसन वार्डमा आर्युवेदिक औषधीको प्रयोग गर्न सुरु

जीवनशैली परामर्श योगा सिकाइदै

स्याङजा ।
स्याङजा जिल्ला अस्पतालमा आईसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितका लागि जिवनशैली परामर्श योग सङै रोगप्रतिरोध क्षमता अभिवृद्धि गर्ने जडिबुटी चिया र आयुर्वेद औषधिहरुको प्रयोग गर्न थालिएको छ ।

उक्त औषधिले संक्रमीत ब्याक्तीमा रोगप्रतिरोधक क्षमता वढाउने बताईएको छ । आयुर्वेदिक औषधिहरुले कुनै नकरात्मक प्रभाव नपर्ने र विभिन्न अनुसन्धानहरुले जडिबुटीहरुमा भएका रासायनिक पदार्थमा एन्टी अक्सिडेन्ट, इम्युनोमोडुलेसन साथै एन्टीइन्फ्लामेटरी गुणहरु देखाएको छ । लाक्षणिक चिकित्सा नै अहिलेको मुख्य चिकित्सा योजना भएकोले आयुर्वेद औषधि एवम् जडीबुटीमा पनि इमर्जेन्सी अवस्थामा बाहेकका माइल्ड मोडरेट केशका लागि सुरक्षित रहेको चिकित्सकको भनाई छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङजा का आयुर्वेद चिकित्सक डा. सुभद्रा कार्कीका अनुसार नेपाल सरकारद्वारा जारी आयुर्वेद एवम् वैकल्पिक चिकित्साबाट कोभिड(१९ रोकथाम एवम व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम हाल आइसोलेसनमा राखिएका ४ जना संक्रमितहरुलाई आयुर्वेद औषधिको प्रयोग गरिएको बताइएको छ ।

संक्रमीत ब्यक्तीको हौसला बढाउनका साथै आईसोलेसन ब्यवस्थापनको अनुगमनका क्रममा स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्मा, मन्त्रालयका नीति योजना कानुन तथा जनस्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवाली सङ्गै अस्पताल र आयुर्वेद केन्द्रमा पुग्नु भएका गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेबी पुनले अस्पताल सगँ समन्वय गरि गरिएको उक्त कार्यको प्रसंसा गर्दै अन्य जिल्ला मा पनि यसको अनुसरण गर्नुपर्ने बताईन् ।

अस्पतालमा रहेका कोरोना संक्रमित हरुमा अहिले अश्वगन्धा, तुलसी, गुर्जो र महासुदर्शन चुर्ण, जस्ता जडिबुटी एवम् आयुर्वेद औषधिको प्रयोग गरिएको छ । त्यसैगरी बिरामीहरुमा देखिएको तनाव व्यवस्थापनको लागी योग र प्राणायम पनि सुरु गरिएको छ । यसरि योग र आयुर्वेद सहितको एकीकृत चिकित्साको माध्यमबाट बिरामीहरुको उपचारमा थप प्रभावकारी वनाईएको छ ।

भारतमा सरकारले नै कोभिड(१९ मा अश्वगन्धा, पिप्ली, मरिच र जेठीमधुको प्रभावबारे अनुसन्धान सुरु गरेको छ भने आयुर्वेदतर्फ कुल १५ वटा अनुसन्धानहरु भैरहेका छन् । हालसम्म कोरोना भाइरसको लागी कुनै औषधि वा भ्याक्सिन पत्ता लागेको छैन ।

You might also like

Comments are closed.