प्रादेशिक योजनामा लैङ्गिक मूलप्रवाहिकरण गोष्ठी सुरु

पोखरा २६ पुस ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक ,साथि नेपाल र फाउण्डेसन फर अ जस्ट सोसाइटिको संयुक्त आयोजनामा दुई दिने सिड प्रतिबद्धताको स्थानियकरणः प्रादेशिक योजनामा लैङ्गिक मूलप्रवाहिकरण विषयक अन्र्तक्रियात्मक गोष्ठी पोखरामा सुरु भएको छ ।

गोष्ठिको उद्घाट गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपालको संविधानले दिइएको अधिकारलाई प्रदेश कानुनमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । जनताले कर्तव्यबोध गर्दै संविधानको व्यबहारिक पालना गर्न सके परिर्वतनको महसुश गर्न सकिने उनको धारणा थियो ।
‘संविधानले दिएको अधिकार ठूलो आन्दोलबाट प्राप्त भएको हो, अधिकार त्यसै पाएको भन्ने नसोचौं कानुन सम्मत ढंगले प्राप्त अधिकारलाई प्रयोग गरौं जति प्रयोग गर्न सक्यो त्यति नै देशले समृद्धि हासिल गर्न सक्छ ’उनले भने ।

त्यस्तै गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले योजनाबद्ध भएर कामगर्न नसक्दा परिर्वतनको अनुभवगर्न नसकेको बताइन् । ‘अब निति निर्माणमा महिलालाई कुन स्थानमा राख्ने,संविधानमा रहेको कानुनहरुलाई व्यबहारिक रुपमा लागू गर्ने र महिलाहरुका क्षेत्रमा छुट्याइएका बजेटहरु प्रभावकारी रुपमा लागु भएन भएको अनुगमन गर्ने गरि प्रदेशको योजना बनाउन सकेमा मात्रै परिर्वतनको अनुभवगर्न सक्नेछौं’उनले भनिन् ।
राष्ट्रिय सूचना आयोग आयुक्त यशोदा तिम्सिनाले कानुनले दिएको अधिकारको सूचनाको सहि प्रवाह गर्न नसक्दा प्राप्त अधिकारबारे आम नागरिक जानकार हुन नपाएको धारण राखिन् ।  गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मी प्रसाद पौडेलले कार्यक्रमले लैगिंकमूल प्रवाहिकरणमा रहेर कसरी योजना बनाउने भन्ने बारेमा महत्वपूर्ण ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धिको गत नोभेम्बरमा नेपाल सरकारलाई दिएको सुझावलाई स्थानिय तह र प्रदेश तहमा कसरी अगाडी बढाउने र कार्यन्वयगर्ने भन्ने विषयमा छलफलका लागी कार्यक्रम आयोजना गरिएको बताए ।

सिड काउन्सिल सदस्य बन्दना राणाले नेपालमा महिला हक अधिकारका क्षेत्रमा बिद्यमान अवस्था चुनौतीहरुका बारेमा छलफल हुने बताइन् ।
उनले प्रदेश र स्थानिय तहले निर्माण गर्दै गरेको पञ्चवर्षिय योजनाबाट महिलाहरुलाई मूलप्रवाहिकरणमा ल्याउनका लागी सिडको सुझावहरुलाई छलफल गरिने जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय सूचनाआयोग सदस्ययशोदा तिम्सिना , सिड काउन्सिल सदस्यबन्दना राण लगायतले सहजिकरण र प्रस्तुती राख्ने इन्सेक गण्डकी प्रदेश संयोजकशिव प्रसादखकुरेलले जानकारी दिए ।

You might also like

Comments are closed.