जि नाइनसँग प्रकट

पोखरा, २९ पौष ।

सुन्दर पर्यटकीय नगरी पोखरामा साइकल चलाउने ९ जना साइक्लिष्टिहरूको समूह जि नाइनद्वारा आयोजित ‘जि नाइनसँग प्रकट’ शनिबार साँझ सांग्रिलामा सम्पन्न ग¥यो ।

‘सिर्जनाको पनि मूल्य हुन्छ र स्रष्टाको सम्मान गर्नुपर्छ’ भन्ने उद्धेश्यले अग्रजलाई सम्मान र अनुजलाई प्रेरणा दिन जि नाइनले आफ्नो पहिलो प्रस्तुतिमा प्रणय गजलका मानक प्रतिभा प्रकटलाई उभ्याएको थियो ।

jutta mela

कार्यक्रमका संयोजक निरज थापाले प्रकट पगेनी ‘शिव’को परिचय दिएर, सयपत्री फूलको माला गलामा लगाएर, हातमा माइक थमाएर शुभकामना दिनसाथ प्रकटले ‘उठ्यो रिमै फेवातालमा छाल साँझपख…’ गजल वाचन गरे । उनले ढेड घण्टामा १८ वटा प्रेमिल गजल र आफ्नो रचना गर्भ सुनाएर स्रोतालाई लठ्ठ पारे ।

६३ वर्षे पाका प्रकटले ‘तप्प तप्प जलविन्दु…..’ गजल वाचन गरिरहँदा ४० कटेकाले ‘वान्स मोर’ को फर्माइस गुञ्जयमान बनाएका थिए । माया, पिरती र प्रेमिल गजलका सर्जक प्रकटले आफ्नो एकल वाचनको १६ औं शृङ्खला चलिरहेको जानकारी दिए ।

‘प्रकट पगेनीको लय र लिपि आम मानिसको भन्दा फरक छ । कहिले गुमनाम जस्ता लाग्छन् त कहिले शृङ्गारिक गजल मार्फत् युवा जमातको ढुकढुकी बन्छन् । आफ्ना रचनामा प्रेम र रोमान्स मात्रै होइन, घर गृहस्थी, सुखदुःखका सुसेली पनि हाल्ने प्रकट पगेनी ‘शिव’ एउटा सरल, इमान्दार, नम्र स्वाभावका सिर्जनशील व्यक्ति हुन् गजलकारलाई कार्यक्रममा यसरी चिनाएको थियो ।

You might also like

Comments are closed.