स्वतन्त्रको १७ औं शाखा नवलपुरमा

पोखरा, १० माघ

स्वतन्त्र पत्रकार संघ नेपालको नवलपुर जिल्लामा शाखा विस्तार भएको छ । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडीको उपस्थितिमा गैँडाकोटमा भएको पत्रकारहरूको भेलाले रामहरि शर्मा अधिकारीको अध्यक्षतामा नवलपुर जिल्ला समिति गठन गरेको हो ।

समिति उपाध्यक्षमा इन्द्रराज पौडेल, सचिवमा सविता तिवारी, सहसचिवमा योगेन्द्र कोइराला, कोषाध्यक्षमा सरु चापागाई चयन भएका छन् । त्यस्तै सदस्यमा दिनेश कँडेल, प्रेम क्षेत्री, अमृत पौडेल र लक्ष्मी अधिकारी रहेका छन् ।

jutta mela

साथै, राष्ट्रिय पार्षदमा वरिष्ठ साहित्यकार तथा पत्रकार गोविन्दराज विनोदी र प्रदेश पार्षदमा फोटो पत्रकार भीमप्रसाद शर्मा चयन भएको समिति सचिव सविता तिवारीले जानकारी दिइन् । नवलपुर संघको १७ औं शाखा हो ।
जिल्ला अध्यक्ष शर्माले निकट भविष्यमा नवलपुर र चितवनलाई लक्षित गरी आधारभूत पत्रकारिता तालिम सञ्चालन गरी संघको संस्थागत विकासमा पहल गर्ने बताएका छन् ।
यसै हप्ता बुटवलमा बसेको राष्ट्रिय समितिको बैठकले चैत मसान्तभित्र जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गरी २०७६ वैशाख १६ गते तेस्रो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

You might also like

Comments are closed.