‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक

पोखरा, २१ चैत

नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ–२ (मेरो भागको खुशी तिमीलाई मिलोस) को भिडियो सार्वजनिक गरिएको छ ।

‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको हो । ‘आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

यस गीतलाई सञ्चारकर्मी रबि अधिकारीले लेखेका हुन् । गीतमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ । गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको अभिनय रहेको छ । चर्चित म्युजिक निर्देशक निकेश खड्काको निर्देशनमा रहेको भिडियोको छायांकन बुद्ध थापा र धमला बिकाशले सम्पादन गरेका हुन् ।
गायक शिव परियारको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन् ।  गीतलाई स्टुडियो साउन्ड मिलमा रेकडि़ंग गरिएको हो भने महेश्वर मान राजभण्डारीले रेकर्डिङ ,मिक्सिंग ,मास्टरिङ गरेका हुन् ।

You might also like

Comments are closed.