बैठक भत्ता बढ्यो

पोखरा, २२ बैशाख

गण्डकी प्रदेश सरकारले प्रदेश सभा सदस्य तथा पदाधिकारीको बैठक भत्ता बृद्धि गरेको छ । यसअघी प्रैदेश सभा तथा विभिन्न समितिको बैठक बस्दा प्रदेश सभा सदस्य तथा पदाधिकारीलाई ७५० दिइने गरेकोमा त्यसलाई बढाएर एक हजार पु¥याएको छ । सरकारले यसअघी पोखरा बाहिर घर भएकाहरुलाई मात्र आवास सुविधा दिदै आएकोमा अबदेखी पोखरा महानगरपालिका भित्र घर हुने पदाधिकारी वा सदस्यलाईपनि दिने निर्णय गरेको छ । पोखरा बाहिरकालाई आवास सुविधा वापत मासिक १५ हजार रुपैयाँ दिदै आएकोमा पोखार भित्रकालाई त्यसका आधा अर्थात मासिक ७ हजार ६ सय उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तैसवारी साधन उपलब्ध गराएका प्रदेशका दलका सचेतकहरुलाई मासिक रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । यसअघी पनि उपलब्ध गराउने निर्णय भएपनि कार्यान्वयनका क्रममा पाएको सुविधा सचेतकहरुले फिर्ता गर्नुपर्ने समस्या आएपछि त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए ।

You might also like

Comments are closed.