लेखनाथ उद्योग वाणिज्य संघका ब्यवसायिलाई कर शिक्षा
पोखरा, १८ साउन ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि अगाडी सारेको कर प्रणालीका बारेमा ब्यवसायिलाई जानकारी दिने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
नयाँ कर प्रणालीका बारेमा ब्यवसायिबाट आएका जिज्ञासाका उत्तर दिदै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमूख कर अधिकृत केशव कुमार उप्रेतीले आयआर्जन गर्नेले राज्यलाई कर तिर्नु पर्नेमा जोड दिदै विद्यमान कर प्रणालीमा बढि कमाउनेले बढि कर र कम कमाउनेले कम कर तिर्नुपर्ने धारणा राखे ।
कर तिरेर सभ्य नागरिक बन्नका लागि अनुरोध गर्दै कर अधिकृत उप्रेतीले कर प्रणालीलाई ब्यवस्थित बनाउनका लागि अनलाईन प्रणालीबाट सेवा प्रवाह भईरहेकाले प्रभावकारी सेवा लिन अनुरोध गरेका छन् ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत उद्धवराज न्यौपानेले आ.व. २०७५÷७६ को आर्थिक व्यवस्था गरेअनुसारका कर प्रणाली माथि कार्यपत्र प्रस्तुत गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले कार्यक्रमको उपयोगिता र नया कर प्रणालीका बारेमा सवैलाई जानकारी हुनु पर्ने सुझाव दिए । कार्यक्रमको संचालन महासचिव भरतकुमार अधिकारीले गरेका थिए ।