नाटक निरमाया मञ्चन जारी दर्शकको सकारात्मक प्रतिक्रिया

पोखरा पौष २८
पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक निरमाया मञ्चन जारी रहेको छ । शुक्रबारबाट मञ्चन शुरु भएको नाटक शनिबार दूई सो मार्फत मञ्चन गरियो । नाटकलाई माघ १२ गतेसम्म नियमित रुपमा मञ्चन गरिनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यका सरुभत्त श्रेष्ठले झण्डै ३० वर्ष अगाडी लेखेका हुन् ।

गरिब, शोषित, दलित, यौन पिडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । नाटकले घरी दर्शकलाई रुवाउँछ, घरी हसाँउछ, कतिबेला गम्भिर बन्ने अवस्था सिर्जना गर्दछ । त्यतिमात्र हैन नाटकममा समावेश गरिएको लाइभ बाजा र रत्यौलीले दर्शकसँगै कलाकारलाई जोश्याउदछ ।

नाटकका निर्देशन परिवर्तन कार्कीले गरेका हुन् । यसअघि नाटक बितेका कुरा निर्देशन गरी नाटक निर्देशनमा डेब्यु गरेका उनले यो नाटकमा आफु खारिएको दर्शकलाई विश्वास दिलाउन सफल भएका छन् ।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदी कलाकारको अभिनय रहेको छ ।

गन्र्धव नाटकघरमा मञ्चन हुने यो २३ औँ नाटक हो । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने भने यो पाँचौ नाटक हो । नाटक हरेक दिन साँझ पौने ५ बजे मञ्चन हुनेछ भने शनिबार तथा विदाको दिनमा अतिरिक्त सो मार्फत समेत हेर्न पाइनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.