मधेस प्रदेशको बजेट पारित

जनकपुर । मधेस प्रदेश सरकारको बजेट पारित भएको छ। प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७९र८० को बजेट आइतबारको बैठकले पारित गरेको हो ।

१ असारमा ०७९र८० का लागि मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको थियो । अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरणमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६.४४ प्रतिशत रकम विनियोजन गरिएको थियो ।

यसैगरी पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात् ०.३५ प्रतिशत विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषहरूमा रहेको सञ्चित रकम ३८ करोड, नेपाल सरकारबाट राजश्व बाँडफाँड बापत प्राप्त ११ अर्ब ६१ करोड ५८ लाख र समानीकरण बापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख रहेको मन्त्री साहले बताए ।

चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ७८ करोड, संघीय सरकारबाट सशर्त योजनाको लागि प्राप्त अनुदान १० अर्ब ६ करोड ५१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी जम्मा ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार बेहोर्दा १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय न्यून हुने देखिन्छ । सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।

यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६।२६ प्रतिशत रकम विनियोजन गरिएको थियो ।

lcci
You might also like

Comments are closed.