कटारी नगरपालिकाको बजेट झण्डै ९० प्रतिशत खर्च

उदयपुर । उदयपुरको कटारी नगरपालिकाले चालु आर्थिक वर्षमा कूल बजेटको झण्डै ९० प्रतिशत रकम खर्च गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित गरेको ८० करोड ४६ लाख ५० हजार ५ सय ६४ रुपैयाँ ५ पैसा बजेटमध्ये ८९ दशमलव ९३ प्रतिशत खर्च गरेको हो।

खर्च बजेट सार्वजानिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराँतीले कूल बजेटको चालु खर्च ९२ दशमलव ९६ प्रतिशत र पुँजीगत खर्च ८२ दशमलव ९८ प्रतिशत रहेको बताए। त्यसैगरी कूल बजेटको आर्थिक विकासतर्फ ६६ प्रतिशत ६२ प्रतिशत सामाजिक विकासतर्फ ९२ दशमलव ७४ प्रतिशत खर्च भएको उनले बताए।

पूर्वाधार विकासतर्फ ९० दशमलव ४३ प्रतिशत, वन वातावरण तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ९३ दशमलव ४५ प्रतिशत र सुशासन तथा संस्थागत विकासतर्फ ९३ दशमलव ८५ प्रतिशतको वित्तीय प्रगति भएको अधिकृत किराँतीले जानकारी दिए।

lcci
You might also like

Comments are closed.