पोखरा, ६ माघ ।
सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले स्तरीय लेखनको आधार अभ्यास भएकाले अभ्यासको निरन्तरता आवश्यक रहेको धारणा राखे । बिखर्चीले आफु जहाँ बसिन्छ त्यहाँ असल संस्कार बसाल्न आवश्यक रहेकाले गुरुङको असल संस्कार समृद्धिको आधार पुस्तक एउटा सिद्धान्तका रूपमा सबैले शिरोपर गर्नुपर्नेमा जोड दिए ।
कृतिको परिचर्चा गर्दै डा. जगन्नाथ रेग्मीले पशुपति गुरुङको कृति भित्रका १७ थान निबन्धमा असल संस्कारलाई पैतालामा दबाउने होइन, शिरोपर गरी आफैँबाट कार्यान्वयन गरी अगाडि बढ्न आवश्यक रहेको बताए ।
स्रष्टा पशुपति गुरुङले हामी आफु सभ्य भए समाज सभ्य हुने र त्यही सभ्यतामा समृद्धि लुकेको बताइन् । गुरुङले नेपाल धेरै सम्भावनाले भरिएको देश भए तापनि सम्भावनालाई साकार पार्ने इच्छा शक्ति नहुँदा समृद्धि ओझेलमा परेकोमा चिन्ता व्यक्त गरिन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले असल संस्कार नै सभ्यताको जननी भएकाले हामीले सके दिने अमूल्य उपहार नै असल संस्कार भएको भन्दै गुरुङले जुन सपना देखेकी छन् त्यो साकार पार्न हरेक नेपालीको साथ र सहयोग चाहिने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले असल संस्कार नै सभ्यताको जननी भएको बताए ।
समाजसेवी तोयबहादुर भट्टराईले साहित्य र समाजसेवा एक अर्काका परिपुरक भएकाले यी क्षेत्रमा लाग्ने व्यक्ति असल समाज निर्माणका प्रणेता भएको बताए ।
कृतिका सम्पादक प्रकाश समीरले स्रष्टा गुरुङलाई विदेशमा बस्दा सिकेको संस्कारलाई स्वदेशमा कार्यान्वयनका लागि निरन्तर साधनारत व्यक्तित्वका रूपमा चिनाए । साथै, उनले ¬¬कास्कीको घान्दु्रकमा जन्मेकी गुरुङ संस्कार समाज नेपालकी अध्यक्ष समेत रहेकाले उक्त पुस्तकलाई संस्थाको घोषणापत्रका रूपमा बजारमा ल्याएको जानकारी गराए ।
Comments are closed.