पोखरा ६ माघ ।
पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको पोखरा महोत्सवबाट ग्रामीण पर्यटन प्रवद्र्धनलाई जोड दिइएको छ । महोत्सवकै माध्यमबाट ग्रामीण संस्कृतीलाई पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजक युनाइटेड क्लवले ग्रामीण पर्यटन प्रवद्र्धनलाई जोड दिएको क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवमा पोखरा नजिकै रहेर पनि पर्यटन गतिविधी हुन नसकेको कांहु धरहरा प्रिमियम होमस्टे र पुरानोकोट सामुदायिक होमस्टे लम्जुङको स्टल राखेर गाउ पर्यटन प्रवद्र्धनलाई जोड दिइएको संयोजक गुरुङले वताए । च्वाइस नेपालको सहयोगमा २०६८ देखी लम्जुङको एतिहासिक गाउ पुरानोकोटमा होमस्टे शुरु गरिएको र हाल १२ घरमा होमस्टे सञ्चालन भइरहेको होमस्टेका सञ्चालक कन्याकाशी गुरुङले वताइन ।
लम्जुङको बेशीशहरबाट काउलेपानी हुदै पुरानोकोट पुग्न १७ किलोमिटर यात्रा तय गर्नुपर्ने र पुरानोकोट गाउँबाट माछापुच्छ«े, अन्नपूर्ण, लम्जुङ हिमाल, पिक २९, गंगापूर्ण, मनाश्लुदेखि, बुद्ध सम्म डेढ दर्जन भन्दा वढी हिमश्रृङखलालाई नजिकबाट नियाल्न सकिने र गुरुङ जातिको सोरठी नाच, स्यार्गा, चुट्का, घाटु र भेडी गोठाला नाटक देखाइ पर्यटकलाई मनोरन्जन प्रदान गरिने समेत गुरुङले वताइन । महोत्सवमा राखिएको दुइवटै होमस्टेको स्टलमा दर्शकको घुइचो लाग्ने गरेको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले वताए ।
महोत्सवमा होमस्टे संगै चिडियाखानाको स्याण्ड मोडल र सर्प संरक्षणमा समेत दर्शकहरुले चासो दिएका छन् ।
महोत्सव स्थलबाट चिडियाखाना निर्माण स्थल पचभैया जाने दर्शकको समेत भीड लागेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
महोत्सवमा आइतबार सवैको मुखमा झुण्डिन सफल सालको पात टपरी हुने गीत मार्फत चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिकको प्रस्तुतीमा दर्शकहरुले नाचेर भरपुर मनोरन्जन लिएका थिए । तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, शरला पाण्डे, कृष्ण अखेली, अमर धिताल, लक्ष्मी बानिया, सन्तोष सुवेदी लगायतले प्रस्तुती दिएका थिए । त्यस्तै आइतबार सांझ लाइभ ब्याण्ड तर्फ स्थानिय इन्फ्लेम र तृष्णा गुरुङको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्ज लिएका थिए ।
Comments are closed.