वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटाको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । भदौ २४ र २५ गते हुने ३४औं महाधिवेशनका लागि उनले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलकोे प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी ३२ र ३३औं महाधिवेशनमा कार्यसमितिमा विजयी भएका थिए । कार्यसमितिमा आउनु अगाडि पनि सापकोटाले संघका विभिन्न उपसमितिमा रहेर काम गरिसकेका छन् ।

व्यावसायिक क्षेत्रमा काम गर्दा संगालेको लामो अनुभवबाट आफूले निजी क्षेत्रको छाता संस्थामा वरिष्ठ उपाध्यक्ष भएर उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने सोच बनाएको सापकोटाले बताए । ‘सम्पूर्ण उद्योगी व्यवसायीको माया पाउनेमा विश्वस्त छु,’ उनले भने ।

lcci
You might also like

Comments are closed.