पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी माधव बस्ताकोटीले उम्मेदवारी घोषणा गरेका छन् ।
भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनमा अर्जुन पोखरेल नेतृत्वको प्यानलबाट उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
व्यवसायी बस्ताकोटी शंकर टायर रिसोलोङ इन्डष्ट्रिज र शंकर टायर हाउसका प्रोप्राइटर, कालीगण्डकी डायग्नोष्टिक प्रा.ली, फेवा ग्यासेस् प्रा.ली., द म्यान इन्टरप्राईजेस प्रा.ली र शंकर पेपर वक्र्स प्रा.लीका अध्यक्षसमेत रहेका छन् ।
सम्पूर्ण उद्योगी व्यवसायीहरुको साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको व्यवसायी बस्ताकोटीले बताए ।
Comments are closed.