पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी दिलीप कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
भदौ २४ र २५ गते हुने संघको महाधिवेशनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल वितरक महासंघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अधिकृत बिक्रेता संघ पोखराको उपसचिव हुन् । अतिदी ट्रेड सेन्टर फोर एडी ट्रेडिङ हाउसका सञ्चालक श्रेष्ठ लायन्सलगायत विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् ।
Comments are closed.