पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा मनोज श्रेष्ठले उम्मेदवारी दिएका छन् । राजनीतिक फाइदा लिनेभन्दा पनि निजी क्षेत्र तथा व्यावसायिक हकहितमा काम गर्नेगरी आफूले संघमा उम्मेदवारी दिएको श्रेष्ठले बताए ।
मानस मार्केटिङ, मानस ट्रेड लिंक र श्री सत्यसाई ट्रेडर्सका सञ्चालक श्रेष्ठ बिगत २२ वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय छन् । उनले पवन प्रजापती प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
बर्तमान कार्यकालमा मनोनीत सदस्य भएर काम गरेका श्रेष्ठले संघका हरेक गतिविधिहरुमा आर्थिक टेवा पुग्नेगरी सक्रिय भूमिका खेल्दै आएका छन् । ‘व्यावसायिक परिपक्वतासहित व्यावसायिक समस्याहरुलाई समाधान गर्नेगरी संघमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘व्यावसायिक हिकहितमा काम गर्दै संघलाई बलियो बनाउन म सक्रिय रहनेछु ।’
पूर्वजहरुले गरेको कामलाई सम्मान गर्दै संघको गरिमालाई उच्च बनाउनुपर्ने उनको भनाइ छ । अधिकृत बिक्रेता संघ पोखराको उपाध्यक्ष, एन वाई इ एफ एफओएन मेम्बर एवं मदिरा व्यवसायी संघ लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छन् ।
Comments are closed.