मुद्रण व्यवसायी प्रिन्टिङ प्याक इण्डियामा सहभागी हुने

पोखरा, १६माघ
अन्तराष्ट्रिय स्तरको १४ औं प्रिन्टिङ प्याक इण्डियामा कास्कीबाट १७ जना मुद्रण व्यवसायी सहभागी हुने भएका छन्। सहभागीताको लागि कास्कीबाट १७ गते प्रस्थान हुने मुद्रण व्यवसायी संघ कास्कीका कोषाध्यक्ष बसन्त बास्तोलाले जानकारी दिएका छन्। कार्यक्रममा सहभागी हुन ईच्छुक मुद्रण व्यवसायीहरुलाई मुद्रण व्यवसायी संघ कास्कीले सहयोग गर्ने बताइएको छ

उक्त कार्यक्रममा सहभागी किन र केका लागि भन्ने विषयमा प्रस्ट पार्दै कार्यक्रमका संयोजक चिन्तामणी बास्तोलाले प्रविधिको विकास र विस्तार आजको आवश्यकता भएको र नयाँ नयाँ मेशिनरी सामाग्रीबाट नेपालमा पनि छिटो छरितो, स्तरीय छपाईको आवश्यकतालाई मध्यनजर राखी व्यवसायीहरुलाई उक्त एक्स्पोमा जानुपर्ने बताए । आवतजावतको सहजताको लागि टिम लिडरमा देविप्रसाद अर्याल, घनश्याम गौतम र गिरबहादुर श्रेष्ठ (किरण)लाई राखिएको बताएका थिए।
माघ १८ गते बाट माघ २३ गते सम्म सञ्चालन हुने उक्त एक्स्पोमा सहभागी हुनुका साथै काठमाण्डौंमा मंगलबारबाट सुरु भएको सुचनाप्रविधि मेला क्यान इन्फोटेकमा सहभागी भई डिजिटल प्रविधि विषयमा जानकारी लिने बास्तोलाले जानकारी गराएका थिए।
त्यसैगरी मुद्रण संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले २ वर्षमा एकचोटी हुने यो एक्स्पोले दक्षिण एसियामा नै नयाँ आयामको सुरुवात गराएको छ त्यस्तै एकै समयमा सम्पूर्ण प्रिन्टिङ सम्बन्धि जानकारी पाइने भएको हुँदा हामी सम्पूर्ण नेपालीहरुलाई यसले प्रत्यक्ष सकरात्मक प्रभाव पार्ने देखिन्छ। त्यसकारण सम्पूर्ण आफ्नो व्यवसाय सुदृढिकरण गर्नको लागि यस एक्स्पोमा जानुपर्ने जानकारी दिएका थिए।

इण्डिया एक्स्पो सेन्टर नोइडाको आयोजनामा भएको उक्त कार्यक्रम एनसिआर डिल्लीमा हुनेछ। फ्रेबुअरी २ बाट ६ तारिक सम्म हुने उक्त एक्स्पोमा छपाई सम्बन्धि नयाँ नयाँ प्रविधिका डिजिटल तथा आधुनिक मेशिनहरु राखिने जानकारी दिएका छन्।

You might also like

Comments are closed.