नेपाल रसिया चेम्बर अफ कमर्सको कोषाध्यक्षमा महिला उद्यमी यमुना

काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको कोषाध्यक्षमा महिला उद्यमी यमुना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न २५औं साधारणसभाले श्रेष्ठ कोषाध्यक्ष निर्वाचित भएकी हुन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्यसमेत रहेकी उनी इलेक्ट्रिक गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक हुन् ।

त्यसैगरी नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा बैंकर अशोक शेरचन चयन भएका छन् । निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ छन् ।

jutta mela

वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा, महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ ।

त्यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा। विजय थापा, डा। मणिराम पोख्रेल, डा। उन्नत श्रेष्ठ, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.