दुर्लुङ समाज पोखराद्वारा विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाई

पोखरा । दुर्लुङ समाज पोखराले धार्मिक तथा पर्यटकिय केन्द्र विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाई गरेको छ ।
पर्वत साविक दुर्लुङ स्थायी घर भई पोखरामा बसोबास गर्नेहरुद्धारा गठन गरेको दुर्लुङ समाज पोखराले आप्mनो प्रथम स्थापना दिवसको अवसर पारेर मंगलबार उक्त सरसफाई गरेको हो ।

विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितकिा अध्यक्ष गणेश बहादुर श्रेष्ठले भक्तजनहरुको सहयोग तथा सदभावले मन्दिरको सर्वाङगीण विकासमा सहयोग पुगेको बताए । समाजले आयोजना गरेको सरसफाई कार्यक्रमले सकरात्मक सन्देश प्रवाह गर्ने भन्दै समाजको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे । श्रेष्ठले मन्दिरले विन्ध्यावासिनी संस्कृत पाठसाला सञ्चालन गरेको सुनाउँदै भविष्यमा आयुर्वेदिक अस्पताल सञ्चालनको योजना रहेको बताए ।

दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाई गर्न पाउनु खुशिको विषय भएको वताए । सामाजिक संघसंस्थाहरु समाजका धामिर्क, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण, सम्वद्र्धन र विकासमा लाग्नुपर्ने धारणा व्यक्त गरे । समाजले हालै मात्र दुर्लुङलाई एम्वुलेन्स अभियान सञ्चालन गरेको भन्दै अभियानमा सहभागी हुन आम सहयोगी महानुभावहरुमा अनुरोध समेत गरेका छन ।

समाजका सचिव ईश्वरी पौडलले सामाजिक संघ संस्थालाई डलरको खेती गर्ने आरोप आउने गरेको भन्दै सवै संघसंस्थाको प्रकृति र उद्देश्य एउटै नहुने धारणा व्यक्त गरिन । स्थापनाको एक वर्षको अवधिमा समाजले धेरै अनुकरणिय कामहरु गरेको वताउँदै पौडेलले भविष्यमा पनि तिनै तहका सरकारसँग हातेमालो गर्दै अगाडी वढ्ने बताईन ।

समाजले एक वर्षको अवधिमा पोखरामा वस्ने दुर्लुङबासीको निधनमा श्रद्धान्जली अर्पण, आवश्यकता अनुसार सहयोग र सम्वन्वय, प्रथम साधरण सभा सम्पन्न, स्थानिय निर्वाचनको अवसरमा दुर्लुङमा नागरिकसँग उमेद्धवार कार्यक्रम, दुर्लुङ कोटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन पोखराका प्रतिनिधी मण्डलको अवलोकन भ्रमण, दुर्लुङको विकासको लागि कुश्मा नगरपालिकामा ज्ञापन पत्र पेश, स्थानीय  निकायमा निर्वाचित जनप्रतिनिधीको सम्मान, वाडी पिडितलाई सहयोग, चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम, पोखरा महानगरपालिकाद्धारा सञ्चालित फेवाताल सरसफाई अभियानमा सहभागि भएको छ भने दुर्लुङलाई एम्वुलेन्स अभियानको लागि आर्थिक सहयोग सञ्चालन गर्दै आएको बताइएको छ ।

सरसफाई कार्यक्रममा समाजका सल्लाहकार तथा समाजसेवी उदिम बहादुर गुरुङ, समाजका प्रथम उपाध्यक्ष क्याप्टेन कुल बहादुर गुरुङ, द्धित्तिय उपाध्यक्ष टेक बहादुर वि.क, सह सचिव शिब प्रसाद पौडेल ( वुद्धि ), कार्य समिति सदस्य, राम बहादुर थापा क्षेत्री, रविन पोख्रेल, राधा पौडेल लगायत आजिवन तथा साधरण सदस्यको उपस्थिती रहेको थियो ।

 

You might also like

Comments are closed.