पोखराको ओम शान्तिमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा । लायन्स् क्लब अफ पोखरा, भृकुटीको आयोजना एवम् ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय, नयाँबजार पोखराको सहआयोजनामा नाक, कान, घाटी र आँखासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर एवम् औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ।

आध्यात्मको बाटो पछ्याउँदै नैतिक शिक्षा ग्रहण गरिरहेका साधक साधिकाहरुलगायत सर्वसाधारणलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नयाँबजार स्थित ओम् शान्ति भवनमा शिविर सम्पन्न भएको हो ।

लायन्स क्लब भृकुटीका अध्यक्ष लायन गौरी कोइरालाको अध्यक्षतामा रहेको कार्यक्रममा लायन्स क्लब ३२५ एमका प्रमुख डिस्ट्रिक्ट सल्लाहकार लायन धनिराम बराल प्रमुख अतिथि रहेका थिए ।

श्रीकृष्ण इएनटि केयर प्रा.लि. नयाँबजार, दृष्टि आँखा अस्पताल, नयाँबजार एवम् लाइफ केयर डाइगनोस्टिक प्रा.लि. न्यूरोडको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको संयोजकत्व लायन शान्ति पोख्रेल गौतम, लायन सुष्मा रेग्मी एवम् लायन कमला पाण्डेले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहेकी ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराल एवम् लायन मैना आर्यालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा दृष्टि अस्पतालका अध्यक्ष महेश्वर पोख्रेल, लाईफ केयर डाइगनोस्टिकका प्रवन्ध निर्देशक शुक्रराज कँडेल, ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय सञ्चालिका राजयोगिनी ब्र.कु. शोभा दिदी, मणीपाल शिक्षण अस्पतालका नाक, कान, घाटी विभाग प्रमुख प्रो.डा कृष्ण कोइराला, लायन पुष्पा आचार्य, लायन मल्लिका आचार्य, लायन बिष्णु बराल, डा. विनयराज पाण्डे, लायन सकुन्तला आचार्य, डा विप्लव भुजेल, डा अन्जिता हिराचन, शोभाकुमारी पौडेललगायतका अतिथि रहेका थिए ।

करिब २ सय जनाले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिएको सो कार्यक्रममा बिरामीहरुलाई मधुमेह र रक्तचाप जाँच गर्ने सुविधाको पनि व्यवस्था गरिएको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लब पोखरा भृकुटीका प्रथम उपाधक्ष्य सम्झना रानाभाटले गरेका थिए ।

You might also like

Comments are closed.