मधुमेहका विरामीले आँखाप्रति सचेतभै पूर्ण अन्धो हुनबाट जोगिनु पर्छ

मधुमेह लागेका व्यक्त्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरेमा आँखाको ज्योति सधैका लागि गुम्ने भएकोले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ।

मधुमेह सेवा पहुँच वढाऔं, सुरक्षित भविष्यको लागि मधुमेह वारे जानौ’ नाराका रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेशन विराटनगर र तीलगङ्गा आँखा अस्पताल काठमाडौद्वारा विश्व मधुमेह दिवसको उपलक्ष्यमा मंगलबार यहाँ आयोजित यस रोगले आँखामा पार्ने असर वारे सञ्चरकर्मीहरुसँग आयोजित अन्तरक्रियामा सो सचेतना दिइएको हो ।

रगतमा चिनीको मात्रा वढेर शरीरका विभिन्न अङ्गहरु मृगौला, आँखामा असर गरि पूर्ण अन्धो बनाउने तथा मुटुलाई असर गर्ने हुनाले समयमा यसको जाँच तथा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नु पर्दछ ।

यस रोगको मुख्य लक्षणहरु बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनु आदि रहेका छन् । यस्ता लक्षण नदेखिईकन पनि मधुमेह लागेको हुन सक्छ । गोल्छा अस्पतालका प्रमुख चिकित्सक डा सुभाष पोखरेलले मधमेहका विरामीहरुलाई मुख्यरुपमा आँखामा असर गर्ने हुनाले बर्षको एक पटक नेत्र चिकित्सकसँग जाँच गरी आँखाको सुरक्षा गर्नु पर्नेमा जोड दिए ।

गोल्छा आँखा अस्पतालले गत आर्थिक वर्ष २०७८\७९ मा ४८ हजार ६०९ विरामीको उपचार गरेको थियो भने सोही वर्ष छ हजार ९१२ विरामीको आँखा सम्वन्धी शल्यक्रिया गरेको अस्पतालका प्रशासन प्रमुख विन्देशवर महतोले जानकारी दिए । अस्पतालमा दैनिक ३५० विरामी उपचारका लागि आउने गरेका मध्ये २८ प्रतिशत मधुमेहका विरामी हुने गरेका छन् ।

नेपालमा ४० वर्षदेखि माथिका १८ प्रतिशतलाई मधुमेह हुने गरेको छ भने त्यसमा नौ प्रतिशतमा आँखामा समस्या रहेको सोही अवसरमा जानकारी दिइयो । विसं २०३९ मा स्थापना भएको अस्पतालमा आँखाका सबै किसिमका उपचार सेवा प्रदान गर्ने गरिएको छ।

 

You might also like

Comments are closed.