काठमाडौं । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण फैलिदैँ गएको छ । सो भारतमा कोरोनाका बिरामीको सङ्ख्या बढेसँगै नेपाल सरकारले पनि उच्च स्वास्थ्य सजगता अपनाउन थालेको छ ।
पछिल्लो समयमा भारतमा कोरोना संक्रमितको बिरामीको संख्या बढेसँगै भारतसँग जोडिएका नाकामा स्वास्थ्य सजगता बढाइएको छ । अहिले ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न वीरगञ्ज नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो ।
वीरगन्ज-रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट सङ्क्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क स्रोतले जानकारी दिएका छन्।
पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिला समय भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यताका आधारमा टेष्टलाई बढाएको छ ।
यही पुस महिनाको १ गते देखि १९ गते सम्मा सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको हेल्थ डेस्क स्रोतले जानकारी दिएका छन् ।
नारायणी अस्पतालले केही पूर्व तयारी गरेको छ ।ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी सङ्क्रमक रहेको छ । त्यसैले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालाना गर्न सर्वधारणलाई चिकित्सकको सुझाव रहेको छ ।
Comments are closed.