जेसीआइ व्यास नगरले मनायो रजत जयन्ती

तनहुँ, ७ फागुन
विगत २४ वर्ष देखी युवाहरुको नेत्तृत्व विकास, क्षमता विकासका लागी विभिन्न कार्यक्रम गर्दै आएको जेसिआइ व्यास नगरले मंगलबार विविध कार्यक्रम गरी रजत जयन्ती मनाइएको छ ।
रजत समारोह उद्घाटन गर्दै नेपाल जेसिजका अध्यक्ष महेश पौडेलले जेसिज नेतृत्वकर्ता उत्पादन गर्ने कारखाना भएको बताए । ‘जेसिजले आजसम्म हजारौं नेतृत्वकर्ता उत्पादन गरेर समाजलाई हस्तान्तरण गरिसकेको छ ’ उनले भने । युवाहरुलाई सकारात्मक बाटोमा डो¥याउन समेत जेसिजले महत्वपूर्ण भूमिका निर्बाह गरेको उनले बताए । ‘समाजका नराम्रा क्रियाकलापलाई निरुतसहाहित गरी सकारात्मक कामको शुरुवात गर्नु जेसिजको मुल धर्म भएकाले सोही अनुसार काम गर्न युवाहरुलाई पौडेलले आग्रह गरे । जेसिज एउटा समुन्द्र हो यसमा डुबेर मोति लिएर फर्कने कि शंखेकिरा आफैमा भर पर्छ उनले भने ।

सोही अवसरमा व्यास नगर जेसिज स्थापनाकालमा महत्वपुर्ण योगदान पु¥याउने संस्थापकहरुलाई सम्मान गरिएको थियो । संस्थापक अध्यक्ष लगायत कार्यसमितिलाई राष्ट्रिय अध्यक्ष पौडेल र शाखा अध्यक्ष रमेश गिरीले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।  साथै  जेसिजको नयाँ सदस्य बनेका ४० जना युवाहरुलाई जेसिज पिन लगाइ सम्मान गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर एंव जेसिज व्यास नगरका संस्थापक सदस्य अशोक कुमार श्रेष्ठले युवाहरुको प्रतिभा प्रस्फुटनमा गराउदै सही नेतृत्व उत्पादनमा जेसिजको योगदान महत्वपुर्ण रहेको बताए । हिजो जुन मर्मलाई जेसिजले आत्मसाथ गरेको थियो सोही अनुसार कार्य गर्न उनले युवाहरुलाई आग्रह गरे ।

शाखा अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङ, जेसिआइ पोखराका पुर्व अध्यक्ष नारायण शर्मा व्यास नगरका जेसिआइका संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ, पुर्व अध्यक्ष देवकुमार श्रेष्ठ, संस्थापक महासचिव सुरेन्द्र वाग्ले, लमजुङ् जेसिजकी अध्यक्ष पायल शर्मा निवर्तमान अध्यक्ष पविन्द्र भट्टराई लगायतले बोलेका थिए । विविध कार्यक्रम गरी जेसिजले यस पुरै वर्षलाई रजत बर्षको रुपमा मनाउने भएको छ । रजत वर्षकै अवसरमा व्यास ४ मा रहेको जेसिज भवनको एक तला थप्ने, स्मार्ट भिजेल बनाउने लगायतको लक्ष्य लिएको अध्यक्ष गिरीले जानकारी दिए ।

You might also like

Comments are closed.