काठमाडौं । पछिल्लो केही महिनादेखि नेपाली बजारमा सुनचाँदीको मूल्यमा एकदमै उतारचढाव आइरहेको छ । विशेष गरी सुनको मूल्यले नेपाली बजारमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च मूल्य तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार सुन तोलामा २ सयले बढेको छ ।आइतबार तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ ।
त्यसैगरी, आइतबार चाँदीको भने तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपयाँले घटेसँगै आइतबार चाँदी तोलाका १ हजार ३ सय ६५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.