एकैदिन दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य, ताेलाकाे पुग्याे कति ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार एकैदिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । शुक्रबार पनि सुन तोलामा १ हजार ४ सयले घटेको थियो ।

तोलामा २ हजार रुपैयाँले घटेसँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । तोलामा ४५ रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

गत बिहीबार १ लाख ७ हजार ५ सय पुगेर अहिले सम्मकै नयाँ एतिहासिक रेकर्ड कायम गरेको सुन दुई दिनमा ३ हजार ४ सय रुपैयाँ घटेको छ ।

You might also like

Comments are closed.