पोखरा, १३ फागुन
प्रदेश स्तरीय बाल परिषद् गठन गरिएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले यही फागुन १२ र १३ गते पोखरामा आयोजाना गरेको गण्डकी प्रदेश स्तरीय बाल भेलाले कास्की जिल्लाकी दिपा आर्चायको अध्यक्षतामा ११ जिल्लाकै समावेशी सहभागी हुने गरि १५ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा पुरस्कर पुन, सचिवमा अस्मा आर्याल, कोषाध्यक्षमा विराज राना क्षेत्री र सचिवमा विशाल खनाल रहेका छन् । समितिको सदस्यहरुमा श्रृष्तिका पाण्डे, राजेश परियार, गोविन्द गौतम, सुस्मीता चौधरी, लक्ष्मी बुढामगर, प्रकृति दवाडी, अमृत पौडेल, निश्चल गुरुङ्, नवराज पाठक र कविता गोतामलाई चयन गरिएको छ ।
बालमैत्री स्थानीय शासनको प्रबर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले गण्डकी प्रदेशले प्रदेश स्तरीय बाल भेला तथा प्रदेश बाल परिषद् गठन गरेको हो । यस अघि कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवि पुन, प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेल, प्रदेश सभाका सदस्य विष्णुप्रसाद लामिछानेको उपस्थिति रहेको थियो ।
Comments are closed.