धूपवत्ती तथा क्रिस्टल बनाउन सिक्दै महिला

तनहुँ, १७ चैत
तनहुँको ब्यास –४ स्थित सिर्जनशील दिदीबहिनी समूहमा आवद्ध महिलाहरुलाई आत्भनिर्भर बनाउन धूपवत्ती तथा क्रिस्टल निर्माण सम्बन्धि १३ दिने तालिम सुरु भएको छ ।

सीपमूलक तालिमबाट माध्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरणको लागि तालिम सञ्चालन गरिएको समूहकी अध्यक्ष नारायणी अधिकारीले जानकारी दिइन् । तालिम अवधिभर शुक्लागण्डकी नगरपालिकाकी प्रशिक्षक तुलसी थापाले प्रशिक्षण दिने समूहकी सचिव कल्पना न्यौपानेले बताइन् ।

व्यास नपा वडा–४को आर्थिक सहयोगमा सञ्चालित उक्त तालिममा करिब  १००जना महिलाको सहभागीता रहेको समूहकी जानकारी समूहकी सहसचिव प्रकृति न्यौपाने बताइन्

तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सीपमूलक तालिमले महिलाहरुलाई सिर्जनशीलसँगै आर्थिक रुपमा बलियो बनाउने हुदाँ तालिमलाई ब्यबहारमा कार्यन्वयन गनुपर्नेमा जोड दिए । त्यस्तै वडाध्यक्ष बिश्व न्यौपानेले ब्यास ४दमौली बजारको नजिक भएर पनि बजार क्षेत्रको सुविधाबाट बञ्चित भएको र यस वडाका सम्पूर्ण लक्षित वर्गलाई उद्यमी बनाएर आयमूलक गतिविधिमा सक्रियता बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा महिला सदस्य बसुन्धरा घर्ती,सिर्जनशील दिदीबहिनी समूहकी निवर्तमान अध्यक्ष गौकुमारी न्यौपाने लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.