पोखरामा महानगरस्तरीय योग केन्द्रको आवाश्यकता :बाँस्तोला

पोखरा, २७ चैत्र ।

श्री गणेश योग केन्द्र पोखरा—४ ले बुधबार पहिलो वार्षीकोत्सव मनाएको छ । गणेश गुठी पोखरामा भएको केन्द्रको पहिलो वार्षीकोत्सव कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बाँस्तोलाले महानगर स्तरीय योग केन्द्र स्थापनाका लागी आवाश्यक पहल गर्ने बताए ।

पोखरामा योगप्रेमीहरुको संख्या बढ्दै जाँदा उपयुक्त र व्यवस्थित योग केन्द्रको आवाश्यकता टड्कारो बनेको उनले उल्लेख गरे । परिवर्तनका लागी आसन, भाषण र सम्मानलाई त्याग्नु पर्नेमा उनले जोड दिए ।

पतन्जली योग केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र लालचनले योग साधकका लागी साधना र छिमेकीहरुका लागी सेवा हुने बताए । योगको साधनाले विभिन्न प्रकारका जटिल रोगहरुसंग लड्नसक्ने रक्षात्मक शक्तिको आर्जन हुने उनले विश्वास दिलाए ।

पतन्जली योग केन्द्र गण्डकी प्रदेशका प्रभारी दिपक सिग्देलले आत्मा शुद्धि र स्वास्थ्य प्रर्वद्धनका लागी योग हरेक मानिसका लागी अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांस योगका जानकारहरुले योग मार्फत सकारात्मक सोचको विकास हुने बताए ।

योगकेन्द्रलाई भिमसेन योग केन्द्रको तर्फबाट नगद रु.१० हजार सहयोग समेत प्रदान गरिएको छ । केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत साधीका गंगा पौडेल र संचालन केन्द्रकी सल्लाहकार बन्दना बजिमयले गरेकी थिईन् ।केन्द्रमा ३० जना योग साधक तथा साधिकाहरुले निशुल्क योगको प्रशिक्षण लिईरहेका छन् ।

You might also like

Comments are closed.