गुरुङ चलचित्र ‘सवन मु’ तनहुँमा प्रदर्शनको तयारी

तनहुँ, ४ बैशाख
भकारी इभेन्टस प्रालिको प्रस्तुति गुरुङ चलचित्र ‘सवन मु’तनहुँमा प्रदर्शनको तयारी गरिएको छ । प्रचारप्रसारको उद्देश्यले बुधवार दमौलीमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलन मार्फत आयोजकले तनहुँको दुलेगौडाँमा यही बैशाख १४ गते र दमौलीमा २८ गते प्रदर्शनको तयारी भइरहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखन÷निर्देशक कृष्णकुमार गुरुङले चलचित्र ‘सवन मु’ २०३६ सालदेखि २०४६ साल अवधि भएका राजनीतिक परिवर्तन र तत्कालीन समयमा गुरुङ समुदायमा परेको मनोवैज्ञानिक प्रभावलाई मुख्य विषयवस्तु बनाएर कथा लेखिएको बताए । उनका अनुुसार चलचित्रमा १५ प्रतिशत मात्र संवादको प्रयोग गरिएको छ । “हामीले संवादलाई भन्दा आर्ट अफ फिक्सनलाई बढी प्रथामिता दिएका छौँ, गुरुङ भाषाको भनिए पनि सबैले सजिलै बुझन सक्ने गरी आर्टको प्रयोग गरिएको छ”उनले भने ।

चलचित्र ९५ प्रतिशत कथावस्तु २०३६ देखि एक दशकको समयावधिमा गुरुङ समुदायमा परेको सामाजिक प्रभावमा आधारित छ भने ५ प्रतिशत मात्र प्रेमकथा रहेको निर्देशक गुरुङले बताए ।  रमाइलोको लागी मात्र भन्दा पनि विगतलाई नयाँ पीडि सामु छर्लङ्ग पार्न र कला, संस्कृतिमा भित्रिएका विकृति र विसंगतीको विश्लेषणात्मक अध्ययनको उद्देश्यले चलचित्र निर्माण गरेको उनको भनाई छ । “यो चलचित्र गण्डकी प्रदेशको उत्पादन हो, पर्वत जिल्लाको देउपुर र लाङदी गाउंमा परिवेशमा छायाँकंन गरिएको छ” गुरुङले भने । उनका अनुसार चलचित्र २ घण्टा ३१ मिनेटको रहेको छ ।

पोखरा, दमौली, दुलेगौडामा प्रदर्शन पश्चात क्रमश चितवन, नवलपरासी, बुटवल, काठमाडौं र नेपाल बाहेक विभिन्न मुलुकमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक गुरुङले जानकार िदिए । करिब ३५ लाखको लगातमा निर्माण सम्पन्न भएको चलचत्रिले लगानी उठाएर राम्रो कमाइ गर्ने निर्माताहरुले दावि गरेका छन् ।

चलचित्रमा निशा गुरुङ, विश्वात्मा गुरुङ,तारा गुरुङ, बिष्णु गुरुङ, राम बहादुर गुरुङ,दिपा गुरुङ, डि बि गुरुङ,पूर्ण गुरुङ, आमिर गुरुङ,गल गुरुङ, राजेन्द्र थापा,कमल भुजेल,सचिन थापा, अनिता गुरुङ बाल कलाकार आरुशी गुरुङ लगायत १४ जना कलाकारहरुको अभिनय देख्न पाइन्छ । रामबहादुर तमु (पोखरा), दिपा तमु (हङकङ) र प्रेमबहादुर तमु निर्माता रहेको चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा पुर्ण तमु र अनिता तमु, निर्माण व्यवस्थापकमा मिनु तमु र सपना तमु, कार्यालय सहायकमा श्रुतिका तमु रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पर्यटन विकास समिति तनहुँका अध्यक्ष हरि सिं गुरुङले चलचित्र तथा डकुमेन्ट्रीले कुनै पनि ठाँउको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने बताए । चलचित्रले भौगोलिक परिवेश, सांस्कृतिक सम्पदा र भाषाको उत्थानमा ठुलो सहयोग पु¥याएको उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य एंव चलचित्रका कलाकार गल गुरुङ, तमु सुधार समितिका अध्यक्ष ले.मनबहादुर गुरुङ, तमु सेवा समूहका अध्यक्ष सुवा.देवबहादुर गुरुङ लगायतले गुरुङहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई कायम राख्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न चलचित्रले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.