माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजबीच साझेदारी

काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजसँग डिजिटल बैंकिङ प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ । साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्याण्डबक्स (SXC SANDBOX ) लाई प्रायोजन गरेको हो ।

एसएक्ससी स्याण्डबक्सले आईटीसम्बन्धी ४८ घण्टाको सुचना तथा प्रविधि सम्बन्धी ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरेको सहभागीले बताएका छन् ।

देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्याण्डबक्सलाई प्रयोजन गरी विजेता टिमलाई ६ महिनाको लागि आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी ईन्नोभसन सम्बन्धी काम गर्नको लागि महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।

आईटी अध्ययनरत विद्यार्थीलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ । सम्झौताले बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको कलेजले जनाएको छ ।

You might also like

Comments are closed.

Secret Link