काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आफ्नो जारी पूँजी रु ६१ करोड २७ लाख ९३ हजार ८०० को १०० प्रतिशत अर्थात (१ः१) अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर साविकका शेयरधनीलाई जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको तर्फबाट अध्यक्ष कुलविक्रम शाह तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा माघ १७ गते हस्ताक्षर गरेका छन् ।




Comments are closed.