काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायीसंग अन्तर्कृयाकार्यक्रम गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखा, मधुवन र औराही शाखामा कार्यक्रम गरेको हो ।
व्यापार व्यवसायमा संलग्न व्यवसायी र वचतकर्ताले फाइनान्सबाट लाभान्वित हुनसक्ने सेवा सुविधा तथा वित्तिय परामर्श, फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्ने सम्वन्धी अन्तर्कृया गर्दै व्यवसायीसंग सम्बन्ध निकट बनाउन फाइनान्सले गर्नुपर्ने कार्यलाई जोड दिइएको छ ।
खरेन्द्रपुरबाट २० जना, मधुवनबाट १९ र औराहीबाट २२ सहभागी व्यवसायीले संस्थाको निक्षेप, चल्ती र मुद्धती खाता, कर्जा वितरण तथा विद्युत्तिय बैकिङ सुविधाको जानकारी लिने, पछिल्लो समयमा वित्तिय क्षेत्रमा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको छ । व्यवसाय प्रवद्धर्नका लागि फाइनान्सको मुख्य भुमिका रहने व्यवसायीले बताएका छन् ।

कम्पनीले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।







Comments are closed.