काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
लुम्बिनीका प्रदेशका विभिन्न जिल्लाका शाखाहरु बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्वारा, बाँसगढी र सुलिचौरमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएका छन् ।सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रम गरेको संस्थाले जनाएको छ ।
हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधी, संस्थामा आवद्ध सदस्य तथा गैर सदस्य एवम् सरोकारवालालाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि वचतको आवश्यकता, वचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयमा कार्यक्रम सञ्चालन भएको छ ।
यस कार्यक्रमबाट वित्तीय क्षेत्रका धेरै विषयमा ज्ञान हासिल भएको सहभागीले बताएका छन् । उनीहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, वचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएकोमा सहभागीले खुशी समेत व्यक्त गरे ।
कार्यक्रम सञ्चालन भएका शाखाका कार्यक्षेत्रभित्रका करिव ३५० महिला तथा सरोकारवाला कार्यक्रममा सहभागी थिए । संस्थाले हाल २८७ शाखा कार्यलयमार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस संस्थाको कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको छ ।






Comments are closed.