नेपाल लाइफ इन्स्योरेन्सले ग¥यो ४२.७७ करोड नाफा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आ.व को दोस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएकोे छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिमा रु ३ अर्व १६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थियो । नविकरण बीमा शुल्क १६ अर्व ८३ करोड रहेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्व ९७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका थियो । कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा करिव १५० अर्व ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिव १८३ अर्व ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्व ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ । ८ अर्व २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ । समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रुपमा लिन सकिन्छ ।

आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अवलम्बन गर्दै नेपालीहरुको घरदैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तता प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ । साथै यस प्रगतिमा अहोरात्र साथ दिनुहुने समस्त सरोकारवालालाई प्रमुख कार्यकारी अधिकृत श्री पराजुलीले धन्यवाद दिएका छन् ।

 

You might also like

Comments are closed.

Secret Link