काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर सहयोग गरेको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायव महाप्रबन्धक प्रसिद्धराज अर्यालले क्याम्पस व्यवस्थापन समितिलाई प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।
बैंकिङ्ग सेवासहित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थासंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रमा काम गर्दै आएको बैंकले जनाएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्धेश्यले बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएममार्फत १६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।






Comments are closed.