काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालक समिति सदस्यमा दिनेशकुमा बर्तौलालाई नियुक्त गरिएको छ ।
सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट बर्ताैला सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् ।
पद्मोदय प्राइभेट लिमिटडले प्रतिनिधी सञ्चालक रामकुमार बर्ताैलाको स्थानमा दिनेशकुमार बर्तौलालाई समृद्धि फाइनान्सको सञ्चालक समिति सदस्यमा सिफारिस गरेको हो । सञ्चालक समिति सदस्यमा नियुक्त भएका बर्तौलालाई अध्यक्ष ठाकुरप्रसाद भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।






Comments are closed.