ग्लोबल आइएमई बैंकको बन्दिपुरको हुस्लाङ र साराङ्गघाटमा सेवा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सेवालाई विस्तार गरेको छ ।

बैंकले तनहुँको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र साराङ्गघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनमा आएसँगै शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

यो बैंक मुलुकका ७७ वटा जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंकलाई ‘सबैका लागि बैंक’ बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

You might also like

Comments are closed.

Secret Link