काठमाडौं । कामना सेवा विकास बैंकले नयाँवर्ष विंस. २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो भित्तेपात्रोमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को भित्तेपात्रो तयार गरेको हो ।
भित्तेपात्रोमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले भित्तेपात्रोमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
नेपाल पंचाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको सो भित्तेपात्रो डिजिटल माध्ययमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । क्युआर कोड बैंकको सामाजिक सञ्जालहरु तथा वेभसाईट मार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
भित्तेपात्रोमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आइरहेको बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमबाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।






Comments are closed.