गरिमा विकास बैंकको सेवा विस्तार, स्याङ्जाको भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको वालिङ नगरपालिका ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

नयाँ काउण्टरबाट बुधवार देखि कारोबार शुभारम्भ गरिएको छ । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन ।

यस बैंकको काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको छ । बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय रहेको छ ।

यस्तै एकवटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

You might also like

Comments are closed.

Secret Link