ग्लोबल आइएमई बैंकका ४१ शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम

पाँच हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४१ वटा शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकले कार्यक्रम गरेको हो ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवाको सहभागिता रहेको थियो ।
मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार भन्दा बढीलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

बैंकले कोशी प्रदेशको झापाको दमक नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रममा २५० भन्दा बढी र मधेश प्रदेशअन्तर्गत सर्लाहीको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका, रामेछापको दोरम्बा शैलुङ गाँउपालिका, मन्थली नगरपालिका, काठमाडौंको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङको गल्छी गाँउपालिका, रसुवाको कालिका गाँउपालिका र गोसाईकुण्ड गाँउपालिकामा आयोजना गरिएको कार्यक्रमहरुमा १२ सय भन्दा बढीको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङजाको वालिङ्ग नगरपालिका, नवलपरासीको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाँउपालिका, लमजुङको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँको भानु नगरपालिकाको कार्यक्रममा ९ सय भन्दा बढी सहभागी थिए ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङको दंगीशरण गाउँपालिका, राप्ती गाँउपालिका, गुल्मीको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासीको रामग्राम नगरपालिका, पाल्पाको पूर्वखोला गाँउपालिका, रोल्पाको रोल्पा नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २५ सय भन्दा बढीले सहभागीता जनाए ।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडीको डिलासैनी गाँउपालिका, डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यक्रममा दुई सय भन्दा बढी लक्षित वर्गको सहभागिता थियो । बैंकले ७६ शाखा कार्यालयबाट ९ हजार भन्दा बढी लक्षित वर्गलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ कारोबार गर्न उत्प्रेरित गरेको छ ।

यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखामार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ । मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link